Close This

गोदावरीको चौकीडाँडामा टेलरले मोटरसाइकललाई ठक्कर दिँदा ३ जना घाइते

मंगलबार बैशाख ११, २०८१/ Tuesday 04-23-24
Paschim Today

धनगढी,११ वैशाख । कैलालीको गोदावरी नगरपालिका–३ चौकीडाँडामा टेलरले मोटरसाइकललाई ठक्कर दिँदा ३ जना घाइते भएका छन् । महेन्दनगरतर्फ गइरहेको म १ क ३९८ नम्बरको टेलरले विपरीत दिशातर्फ आउँदै गरेको सुपप्र ०१ ग ०१२ प २५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

दुर्घटनामा गौरीगंगा नगरपालिका–३ का ३३ वर्षीय मोटरसाइकल चालक दशरथ चौधरी, पछाडि सवार शुक्लाफाँटा नगरपालिका–१ बस्ने फूलमती चौधरी र तीन वर्षीय लोकेश चौधरी घाइते भएका इलाका प्रहरी कार्यालय मालाखेतीले बताएको छ ।

उनीहरु तीनै जनाको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक गंगाबहादुर थापाले बताए । उनका अनुसार दुर्घटनापछि टेलर चालक फरार रहेकोमा शंकास्पद एक जनालाई नियन्त्रणमा लिइएको छ ।