Close This

नेपाल आइपुगे कतारी राजा आमिर शेख

मंगलबार बैशाख ११, २०८१/ Tuesday 04-23-24
Paschim Today

११ वैशाख, काठमाडौं । कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल आइपुगेका छन ।  उनलाई त्रिभुवन विमानस्थलमा विशेष सम्मान स्वागत गरिएको छ  ।

आफ्नो निजी विमानमा दिउँसो ३स्३५ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेपछि उनलाई नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गरेका थिए । त्यसपछि उनलाई नेपाली सेनाको टोलीले विशेष सम्मान (गार्ड अफ अनर) प्रकट गरेको छ ।

आइतबार एसियाली देशहरूको भ्रमणमा निस्केका अमिर अल थानी मंगलबार बंगलादेशबाट नेपाल आएका हुन् । मंगलबार उनले राष्ट्रपति पौडेलसँग  शीतलनिवासमा भेटवार्ता गर्ने कार्यक्रम छ । त्यसपछि होटल सोल्टीमा उनका लागि राष्ट्रपतिले रात्रिभोजको आयोजना गरेका छन् ।

भ्रमणको दोस्रो दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग द्विपक्षीय भेटवार्ता गरी उनी अपराह्न कतार फर्किने छन् ।