Close This

अत्तरियाको एक पसलमा आगलागीबाट ४७ लाख बढीको क्षति

बुधबार बैशाख १२, २०८१/ Wednesday 04-24-24
Paschim Today

धनगढीः कैलालीको अत्तरियामा रहेको प्रेरणा सपिङ सेन्टरमा भएको आगलागीबाट ४७ लाख बढीको क्षति भएको छ। आगलागीबाट ४७ लाख ४५ हजार बराबरको क्षति भएको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।

मंगलवार राति विद्युतको तार सर्ट भएर आगलागी भएपछि सपिङ सेन्टर जलेर पुर्ण रुपमा नष्ट भएको प्रहरीले जनाएको छ।