नेप्सेमा सामान्य वृद्धि
बुधबार बैशाख १२, २०८१/ Wednesday 04-24-24
Paschim Today
काठमाडौँ । बुधबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ । नेप्से ०.१५ अंकले बढेर १९६९.१७ विन्दुमा रोकिएको छ । त्यस्तै सेन्सेटिभ इण्डेक्स ०।१७ प्रतिशतले बढेको छ । ३१३ कम्पनीका ७२ लाख ८४ हजार २७२ कित्ता शेयर ३६ हजार ३८३ पटक कारोबार हुँदै २ अर्ब ५३ करोड ६४ लाख ३१ हजार ९९८ रुपैयाँमा कारोबार भएका थिए ।
त्यस्तै पोखरा फाइनान्सको शेयरले सकारात्मक सर्किट लागेको थियो भने गुराँस लघुवित्त वित्तीयको ९.९२, सपोर्ट माइक्रो फाइनान्स वित्तीय संस्थाको ७.५५ प्रतिशतले बढेको थियो । सबैभन्दा बढी माइ खोला हाइड्रोको शेयर मुल्य ७.८४ प्रतिशतले घटेको छ ।
३ समूहको उपसूचकबाहेक अन्यको सूचक नकारात्मक रहेका छ, जसमा फाइनान्स समूहको उपसूचक २।४४ प्रतिशतले बढेको छ ।
तपाईको प्रतिक्रिया