Close This

फेरि ह्वात्तै बढ्यो सुनको मूल्य

शुक्रबार बैशाख १४, २०८१/ Friday 04-26-24
Paschim Today

काठमाडौँ । तोलामा १ लाख ३९ हजार ३ सय रुपैयाँको उच्च रेकर्ड राखेको सुनको मूल्य यसै साता घटेर १ लाख ३५ हजार ५ सय रुपैयाँमा झर्यो । यो साता सुनको मूल्यमा प्रतितोला ३ हजार ८ सय रुपैयाँको गिरावट आयो ।

तर यो साताको अन्तिम कारोबारका दिन शुक्रबार (आज वैशाख १४ गते) सुनको मूल्य १ लाख ३७ हजार २ सय रुपैयाँ कायम भएको छ । शुक्रबार सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँले बढेको हो ।  बिहीबार छापावाला सुन प्रतितोला १ लाख ३५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । 

यसैगरी तेजावी सुनको मूल्य पनि आज तोलामा १४ सय रुपैयाँले नै बढ्दै १ लाख ३६ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता चाँदीको मूल्य भने आज तोलामा २० रुपैयाँले बढ्दै १ हजार ६ सय ७५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ६ सय ५५ रुपैयाँमा करोबार भएको थियो ।