Close This

प्रकाश सपुतले साइन गरे 'पूर्ण बहादुरको सारंगी'

शुक्रबार बैशाख १४, २०८१/ Friday 04-26-24
Paschim Today

काठमाडौं । गायक एवं अभिनेता प्रकाश सपुतले नयाँ फिल्म साइन गरेका छन्। आफै फिल्म निर्माणको तयारीमा रहेको चर्चाबीच उनी ुपूर्ण बहादुरको सारंगीु मा अनुबन्धित भएका हुन्। सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको फिल्मको निर्माण पक्ष र प्रकाशबीच केही दिनअघि लिखित सम्झौता भएको हो।

प्रकाशको डेब्यु फिल्म 'परदेशी २' ले गतवर्ष राम्रो व्यापार गरेको थियो।  'पूर्ण बहादुरको सारंगीु'मा शीर्षमध्येको एक महत्वपूर्ण पात्रको भूमिकाका लागि प्रकाशलाई अनुबन्ध गरिएको लेखन एवं निर्देशक सरोज पौडेलले बताए। 

जेठको दोस्रो सातादेखि छायांकनमा जाने तयारीमा रहेको फिल्ममा यसअघि अभिनेता विजय बराल अनुबन्धित भइसकेका छन्।  निर्माण पक्षले यसअघि फिल्मको नाम र थिम भिडियो सार्वजनिक गरेको थियो। जसअनुसार फिल्ममा मौलिक कथा र कलात्मक प्रस्तुति रहने बुझ्न सकिन्छ। 

निर्माण टिमले प्रकाशलाई स्वागत गर्दै एक तस्बिर सार्वजनिक गरेको छ, जसमा उनले सारंगी बजाइरहेको देख्न सकिन्छ।  २०८२ सालभित्र फिल्मलाई विश्व बजारमा प्रदर्शनमा ल्याउने लक्ष्य राखिएको छ। फिल्ममा विनोद पौडेल र प्याट्रिक सुवेदीको लगानी रहनेछ। 

प्रशान्त सिवाकोटीको संगीत रहने फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद रहनेछ। फिल्ममा रमेश चौलागाईं र हरि श्रेष्ठ कार्यकारी निर्माताको रूपमा छन्।  बागलुङ, सल्यान वा प्युठानमा फिल्म खिच्ने तयारी छ।