Close This

तान्जानियामा बाढीका कारण १ सय ५५ जनाको ज्यान गयो

शुक्रबार बैशाख १४, २०८१/ Friday 04-26-24
Paschim Today

एजेन्सी । तान्जानियामा भएको भारी वर्षापछिको बाढी र पहिरोमा परि कम्तीमा एक सय ५५ जनाको ज्यान गएको छ । एल निनो नामको वर्षाका कारण साढे दुई सय जनाभन्दा बढी घाइते भएका छन् ।

वर्षाका कारण साढे दुई लाख जनाभन्दा धेरै मानिस प्रभावित भएका छन् । तान्जानियाका विभिन्न स्थानमा तीव्र हावा, बाढी र पहिरोसँगै आएको भारी एल निनो वर्षाले ठूलो क्षति पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

वर्षा र बाढीका कारण जनधनको क्षतिसँगै खेतीपाती र सर्वसाधारणको घर बगाएको छ । बाढीले सडक, पुल र रेल्वेजस्ता पूर्वाधारमा समेत क्षति पुगेको खबरमा उल्लेख छ । त्यहाँको मौसम विभागले अर्को महिनासम्म एल निनो वर्षा जारी रहने प्रक्षेपण गरेको छ ।

एल निनो वर्षाको असर छिमेकी केन्या र बुरुन्डीमा पनि परेर बाढी गएको छ । बाढीका कारण त्यहा पनि मानवीय सङ्कट देखिएको छ ।