Close This

 मोबाइल पसलबाट  झण्डै ११ लाखको अबैध सामान जफत

शुक्रबार बैशाख १४, २०८१/ Friday 04-26-24
Paschim Today

धनगढीः कैलालीको धनगढीमा मोबाइल पसलबाटै प्रहरीले अबैध सामान जफत गरेको छ। धनगढी उपमहानगरपालिका–३ विशालनगर रोडमा रहेको मोबाइल पसलबाट दुई लाख ५० हजार मुल्यका अबैध सामान प्रहरीले जफत गरेको हो। प्रकाश अग्रवालले सञ्चालन गरेको एपेक्स वल्र्ड मोबाइल सहायक पसलबाट बिना विलका मोबाइलका पार्टपुर्जाहरु प्रहरी नियन्त्रणमा लिएको छ।

हिजो (विहिबार) मात्र कैलाली प्रहरीले १० लाख ८९ हजार एक सय ६० मुल्यका अबैध सामान आफ्नो नियन्त्रणमा लिएको छ। धनगढी उपमहानगरपालिका–१ शिवनगरबाट एक लाख ६८ हजार ९ सय मुल्यको पाँच सय ६३ पीस लेडिज कुर्ती प्रहरीले जफत गरेको छ।

धनगढी उपमहानगरपालिका–२ एभरेष्ट बैंक नजिकको भित्रि सडकबाट ६ लाख ३० हजार मुल्यको चार सय २० पीस लेडिज सुट बरामद गरिएको छ। त्यस्तै धनगढी उपमहानगरपालिका–३ विशालनगरबाट दुई लाख मुल्यका अबैध मोबाइल र कैलारी गाउँपालिका–३ मोहनपुर जंगलको छेउबाट १६ हजार मुल्यको १६ वटा बोइलर कुखुरा प्रहरीले नियन्त्रणमा लिएको छ।

उता भजनी नगरपालिका–८ छछरुवाबाट १० हजार मुल्यको अबैध २० किलोग्राम सिद्रा माछा, गोदावरी नगरपालिका–५ गेटाबाट ९ हजार पाँच सय मुल्यको एक थान साइकल र एक सय किलोग्राम प्याज तथा धनगढी उपमहानगरपालिका–७ बेली बजारबाट चार हजार ७ सय ६० मुल्यको अबैध ४५ किलोग्राम चिनी, पाँच पाकेट विडी र चार पाकेट सुपरपावर सुर्ती बरामद गरेर भन्सार चलान गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।