Close This

अखिल क्रान्तिकारी सङ्गठन के.एम.सी को अध्यक्षमा मिलन भाट 

आइतबार बैशाख १६, २०८१/ Sunday 04-28-24
Paschim Today

धनगढी । अखिल क्रान्तिकारी (नेकपा माओवादी केन्द्रको भातृ सङ्गठन) कैलाली बहुमुखी क्याम्पसको अध्यक्षमा मिलन भाट  म्याक्स सर्वसम्मत चयन भएका छन् । नवौँ क्याम्पस सम्मेलन बाट निर्वाचित भएका भाट कमिटीको पहिलो बैठकबाट  अध्यक्ष चयन भएका हुन ।

कमिटीको वरिष्ठ उपाध्यक्षमा नृप राज बि।क, उपाध्यक्षमा बिनोद अधिकारी डोटेली र अमृत चौधरी चयन भएका छन् । सचिव तर्फ निरज पासवान, सह९सचिवमा धिरेन्द्र खड्का, राजेन्द्र विश्वकर्मा, भुवन मिश्र र विवेक धामी चयन भएका छन् भने कोषाध्यक्षमा बसन्ती आचार्य चयन भएको अखिल क्रान्तिकारी विद्यार्थी सङ्गठन धनगढी उपमहानगरपालिकाका अध्यक्ष पवन सुनारले जानकारी दिए ।