धनगढीबाट बैतडी गएको कार दुर्घटना
आइतबार बैशाख १६, २०८१/ Sunday 04-28-24
Paschim Today
धनगढीः धनगढीबाट बैतडी गएको कार दुर्घटनामा परेको छ। धनगढीबाट गोकुलेश्वर जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ च ३८२१ नम्बरको कार महाकाली राजमार्ग अन्तर्गत बैतडीको सतबाँझ–गोकुलेश्वर सडकखण्डको खोचलेक नजिक दुर्घटनामा परेको हो।
दुर्घटनामा परि कार चालक बैतडीको दशरथचन्द नगरपालिका– १ गुरूखोलाका नरेन्द्र भट्ट र दार्चुलाको शैल्यशिखर नगरपालिका– ९ का शेर बहादुर बोहरा घाइते भएका छन्। बैतडी
प्रहरीका अनुसार उनीहरूलाई उपचारका लागि डडेल्धुरा ल्याइएको छ। कार दुर्घटनाको कारण खुलेको छैन। सडकबाट कार एक सय ५० मिटर तल खसेको छ। जिल्ला प्रहरी कार्यालय बैतडीले घटनाको विषयमा थप अनुसन्धान गर्दै छ।
तपाईको प्रतिक्रिया