Close This

इलाम मतगणना : सुरूवाती अग्रता कांग्रेसलाई, रास्वपाका लिम्बु चौथोमा

आइतबार बैशाख १६, २०८१/ Sunday 04-28-24
Paschim Today

ईलाम, १६ बैशाख ।

ईलाममा भएको प्रतिनिधि सभाको उप निर्बाचनको शुरुवाती मत गणनामा नेपाली काँग्रेसले अग्रता कायम गरेको छ ।

काँग्रेसका उम्मेदवार डम्बर खड्का ६५७ मत सहित अगाडि छन् । उनलाई पछ्याईरहेका नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङको ५३४ मत छ ।

स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमको १८७ मत छ । राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बुले ११५ मत पाएका छन् ।

मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेका अनुसार नगरपालिका वडा नम्बर ७ मा रहेको गौतमबुद्ध समभागृहमा मतगणना भइरहेको छ । एक लाख १५ हजार ८८९ मतदाता रहेको इलाम-२ मा ६९ हजार ४२१ मतदाताले मतदान गरेका छन् ।

इलाम क्षेत्र नम्बर २ मा इलाम नगरपालिका, देउमाई नगरपालिका, माङ्सेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिका, चुलाचुली गाउँपालिका र माई नगरपालिकाको ६, ७, ८ नम्बर वडा पर्छन् ।