बझाङमा शुरुवाती चरणको मत गणनामा एमालेको दोब्बर मतले अग्रता
आइतबार बैशाख १६, २०८१/ Sunday 04-28-24
Paschim Today
बझाङ, १६ बैशाख ।
बझाङमा भएको प्रदेश सभाको उपनिर्बाचनको शुरुवाती मत गणनामा नेकपा एमालेले दोब्बदर मतले अग्रता कायम गरेको छ ।
एमालेका उम्मेदवार दमन भण्डारीले ७५७ मत ल्याउदा नेपाली काँग्रेसका उम्मेदवार अविशेक सिंहले ३८० मत पाएका छन् ।
माओवादीका उम्मेदवार जनक बुढाले २२६ मत ल्याउदा नेकपा एकीकृत समाजवादीका दिल बहादुर सिंहले ११५ मत ल्याएका छन् । राप्रपाका किशोर खड्काले ३ मत पाएका छन् । छविस पाथिभरा गाउँपालिका वडा नम्बर १ र २ बाट मतगणना सुरू भएको हो ।
तपाईको प्रतिक्रिया