Close This

बझाङ अपडेट : स्थानीय चुनावमा हारेका दुवै वडाबाट एमालेलाई दोब्बर मतको अग्रता

आइतबार बैशाख १६, २०८१/ Sunday 04-28-24
Paschim Today

कैलाली । बझाङ उपनिर्वाचनको मतगणना जारी छ । छविस पाथिभेरा गाउँपालिकाबाट अहिले मत गणना जारी छ । यहाँको वडा नम्बर १ र २ मा मत गणना सकिएको छ ।

 

स्थानीय तहमा दुवै वडामा एमाले पराजित भएको थियो । वडाध्यक्ष पराजित भएकै वडामा एमालेले अग्रता लिएका छ । स्थानीय तहमा वडा नम्बर १ मा कांग्रेसका कर्णबहादुर सिंह निर्वाचित भएका थिए भने २ मा स्वतन्त्रबाट परित्रबहादुर मण्डल निर्वाचित भएका थिए । वडा नम्बर१ मा एमाले दोस्रो र २ मा तेस्रो अवस्थामा रहेको थियो । तर, अहिले दुबै वडाको मत गणना सकिँदा एमालेले दोब्बर अग्रता बनाएको छ ।

एमाले उम्मेदवार दमन भण्डारीले ७५७ मत पाउँदा कांग्रेस उम्मेदवार अभिषेक सिंहले ३८० मत पाएका छन् । अहिले वडा नम्बर ३ र ४ को गणना भइरहेको छ । यी दुबै वडामा पनि स्थानीय तहमा एमाले वडाध्यक्षमा पराजित भएको थियो । वडा नम्बर ३ मा कांग्रेसका श्याम बहादुर सिंह र ४ मा नेकपा एकीकृत समाजवादीका अमर राज थापा निर्वाचित भएका थिए ।

स्थानीय तह निर्वाचनमा कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादी गठबन्धनसहित निर्वाचनमा होमिएका थिए । एमाले भने एक्लै लडेको थियो