Close This

बझाङ अपडेट: पार्टीले जितेकै वडामा नेकपा एसका उम्मेदवारलाई १४० मत, अरूले कति पाए ?

आइतबार बैशाख १६, २०८१/ Sunday 04-28-24
Paschim Today

कैलाली । बझाङ उपनिर्वाचनको मतगणना जारी छ । जिल्लाको छबिसपाथिभेरा गाउँपालिकाबाट मत गणना सुरु गरिएको थियो । अहिलेसम्म ४ वटा वडाको मतगणना सकिएको छ ।

 

वडा नम्बर ४ मा एमालेले अग्रता बनाउँदा कांग्रेस तेस्रो स्थानमा छ । यहाँ एमालेलाई नेकपा एकीकृत समाजवादीले पछ्याएको छ ।
स्थानीय तहमा यो वडामा नेकपा एसका उम्मेदवार विजयी भएका थिए । ३३८ मत ल्याएर नेकपा एकीकृत समाजवादीका अमरराज थापा विजयी हुँदा एमालेका हिक्मतबहादुर थापाले २९६ मत पाएका थिए ।

अहिले वडाध्यक्ष विजयी भएको वडामा नेकपा एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंहले १४० मतमात्रै पाएका छन् । यहाँ एमालेका उम्मेदवार दमन भण्डारीले २१२ मत पाएका छन् । यो वडामा कांग्रेस तेस्रो देखिएको छ । कांग्रेस उम्मेदवार अभिषेक सिंहले ८० मत पाएका छन् । माओवादीका जनक बुढाले ७४ मत पाउँदा राप्रपाका किशोर खड्काले २ मत पाएका छन्।

अहिलेसम्म एमालेले अग्रता दोब्बर बनाएको छ । एमाले उम्मेदवार भण्डारीले १ हजार ३०२ मत पाउँदा कांग्रेस उम्मेदवार सिंहले ६५६ मत पाएका छन् ।