Close This

धनगढी उपमहानगरले समग्र प्रदेशकै युवालाई समेटेको छ : उपमेयर राना

आइतबार बैशाख १६, २०८१/ Sunday 04-28-24
Paschim Today

धनगढी । धनगढी उपमहानगरपालिकाका उपप्रमुख कन्दकला रानाले उपमहानगरपालिकाले  सुदूरपश्चिमका नौ वटै जिल्लाका युवालाई सिपमूलक तालिम तथा रोजगारीमा समेटेको बताएकी छन् । एकाउन्टबिलिटील्याब नेपालले  आयोजना गरेको सूचनामा युवाको पहुँच अन्तरक्रिया कार्यक्रममा बोल्दै क्षेत्रगत रुपमा  कुनै पनि युवालाई अवसरबाट वञ्चित नगराएको बताएकी हुन ।

रानाले अन्य नगरपालिका र कैलाली बाहिरको हो भन्दैमा युवालाई अवसर वाट वञ्चित गराउन नहुने  बताइन । उनले भनिन् ''धनगढीमा नौ वटै जिल्लाका विद्यार्थीहरू अध्ययन गरि रहेका छन् । त्यसैले उपमहानगरपालिकाले हाम्रो कार्य क्षेत्र भन्दा बाहिरको भनेर अन्य नगर वा जिल्लाको युवालाई अवसरवाट वञ्चितको छैन । हामी सकेसम्म नौ वटै जिल्लाका युवालाई सिपमूलक तालिम र रोजगारीका अवसरहरु प्रदान गर्ने प्रयास गरि रहेका छौ । '' रानाले सबै युवाले स्थानीय तहका गतिविधिबारे सूचनाको हक प्रयोग गरेर सूचना लिनु पर्ने बताइन । 

कार्यक्रममा  एकाउन्टबिलिटील्याबले धनगढी उपमहानगरले युवाको क्षेत्रमा गरेका काम, रोजगारीको अवस्था लगायत समग्र युवाका समस्याहरू अध्ययन गरेर तयार पारिएको प्रतिवेदन प्रस्तुत गरिएको थियो । बिभिन्न क्षेत्रबाट प्रतिनिधित्व गरेका सहभागिहरुले स्थानिय तहले आफ्ना गतिविधि बारे सम्पुर्ण सुचना सहज रुपमा उपलब्ध गराउनु पर्नेमा जोड  दिएका थिए  । 

कार्यक्रममा एकाउन्टबिलिटील्याबका पदाधिकारी, धनगढी उपमहानगरपालिकाका उप-प्रमुख , सूचना अधिकारी लगायतका कर्मचारी, जनप्रतिनिधि र पत्रकार, विद्यार्थीहरूको पनि सहभागिता रहेको थियो।