Close This

समिक्षाको ‘बुझिन मैले‘’ लाई एक करोडको माया

आइतबार बैशाख १६, २०८१/ Sunday 04-28-24
Paschim Today

काठमाडौं– अहिले हरेकको मुखमा एउटै गीत झुण्डिएको छ– ‘बुझिन मैले बुझाइदेउ कसैले‘।’ हो, अभिनेत्री केकी अधिकारीको फिल्म ‘बोक्सीको घर’ यतिबेला देशका अधिकांश सिनेमा हलहरुमा भव्यताका साथ प्रदर्शन भइरहेको छ ।

दर्शकले फिल्मलाई राम्रो प्रतिक्रिया दिइरहेका छन् । फिल्मले त राम्रो प्रतिक्रिया पाइरहेकै छ, तर तीन हप्ता अगाडि रिलिज गरिएको फिल्मको प्रमोशनल गीत ‘बुझिन मैले‘’ ले भने दर्शक तथा श्रोताबाट अत्यधिक माया पाउन सफल भएको छ ।

यो गीतको भिडियो यूट्युबमा एक करोड लाख भ्यूज पाउन सफल भएको छ । आइतवार यो गीतले करोड भ्युज पुरा गरेको हो । गीतको भिडियोमा अभिनेत्री केकी अधिकारीले उत्कृष्ट प्रस्तुति दिएकी छिन् अर्थात उनको नृत्यको स्टेपले समेत हरेकलाई मोहित बनाएको छ । सुशिल क्षेत्री यो गीतका कोरियोग्राफर हुन् ।

यो गीतमा प्रकाश सपूतको शब्द तथा संगीत छ भने गायिका समिक्षा अधिकारीको स्वर रहेको छ । सुदिप सागर यो गीतका संगीत संयोजक हुन् । अहिले यो गीतमा भिडियो, रिल र टिकटक बनाउने संख्या पनि अत्यधिक रहेको छ ।

गीतजस्तै फिल्म पनि सुपर–डुपर हिट हुने सम्भावना दिन–दिनै बढिरहेको छ । ‘बोक्सीको घर’ ले इतिहास रच्यो भन्ने लेख्न पाइयोस्, कलाकर्मीको तर्फबाट शुभकामना ।