Close This

बझाङ अपडेट : पार्टीले जितेकै वडामा एमालेको कम मत

आइतबार बैशाख १६, २०८१/ Sunday 04-28-24
Paschim Today

कैलाली । बझाङ प्रदेश सभाको मतगणना जारी छ । खप्तडछान्ना ४ को मतगणना सकिएको छ । यहाँ काङ्ग्रेसले भन्दा ६६ मत एमालेले कम पाएको छ । स्थानीय तहको निर्वाचनमा यहाँ एमाले उम्मेदवार ईश्वर बहादुर रोकाया विजयी भएका थिए ।

उनले ३४० मत पाएका थिए । अहिले त्यो भन्दा एमालेले कम मत पायो भने कांग्रेसले मत बढायो । एमाले उम्मेदवार दमन भण्डारीले २५२ मत पाउँदा काङ्ग्रेस उम्मेदवार अभिषेक सिंहले ३१८ मत पाए ।

माओवादीका जनक बुढा६४ तथा नेकपा एसका दिल बहादुर सिंहले २५ मत पाए ।