Close This

आधार परियोजनाको समिक्षा सम्पन्न 

सोमबार बैशाख १७, २०८१/ Monday 04-29-24
Paschim Today

कैलाली : गौरीगंगा नगरपालिकामा आधार परियोजनाको प्रगति समिक्षा कार्यक्रम गरिएको छ । ९ डिसिए०को आर्थिक सहयोगमा दलित महिला अधिकार मञ्च कैलालीद्वारा सन्  २०२१ देखि २०२४ सम्म सञ्चालित परियोजनाको समिक्षा कार्यक्रम गरिएको हो । 

गौरीगंगा नगरपालिकाका नगर प्रमुख देविदत्त कडेलले कार्यक्रमलाई सम्बोधन गर्दै संघ संस्थाहरुले समुदाय तहमा मानविय विकासको लागी महत्वपुर्ण योगदान पुर्याएका तथा सरकारी योजना र विकासका क्षेत्रमा उल्लेखनीय भूमिका गरेको बताएका थिए । 

दलित महिला अधिकार मञ्चका अध्यक्ष साबित्रा घिमिरेले सबै निकायले छरिएर काम गर्नु भन्दा एकैठाउँमा केन्द्रित भएर काम गर्दा समुदाय तहमा दक्ष मानविय स्रोत उपलब्धता संगै विकास र क्षमता अभिवृद्धि हुने कार्य गरिरहेको भन्दै नगरपालिकाले विपत व्यवस्थापनमा न्युनिकरण गर्न महिलाहरुलाई सिप हस्तान्तरण गर्न आवश्यक रहेको बताइन । अध्यक्ष घिमिरेले संघ संस्थाहरुले पालिकामा गरिरहेका सामुदायिक संस्थागत र मानविय क्षेत्रमा गरिएका कार्यहरूको स्थानिय सरकारको निति र कार्यक्रम भएको भन्दै सोको स्वामित्व ग्रहण गर्न आग्रह गरेकी थिइन  । 
परियोजनाले ३० समुहमा ७५० जना महिलाहरुलाई संगठित गर्दै २ वटा सहकारी व्यवस्थापन, दुना टपरी उधोग संचालन गरी आयआर्जन र आत्मनिर्भर बन्ने सीपको हस्तान्तरण सहित नगरका ३ वटा विद्यालयमा स्वच्छ खानेपानी, पुस्तकालय तथा गुणस्तरीय शिक्षाको क्षेत्रमा सहयोग गरेको मञ्चले जनाएको छ ।

परियोजनाको सहयोगमा वडा नं ७ मा सुनपाल महिला सहकारी दर्ता गरेर महिलाहरुले न्यु व्याजदरमा आयआर्जनको कृपया क्रियाकलाप गरिरहेको छन् । ५० रुपैयाँ मासिक लेवि संकलन गरेर सुरु भएको समुहले सहकारीको रुपमा विकसित हुँदै ३ सय जना महिला सेयर सदस्य बनि आबद्ध भएका छन् ।