Close This

एरिस्टो माविद्वारा बेहडाबाबा आधारभूत विद्यालयलाई शैक्षिक सामाग्री सहयोग

सोमबार बैशाख १७, २०८१/ Monday 04-29-24
Paschim Today

धनगढी उपमहानगरपालिका वडा न.८ क्याम्पस रोडमा रहेको एरिस्टो बोर्डिङ स्कुलले वडा न.१२ जुगेडामा रहेको बेहडाबाबा आधारभुत विद्यालयलाई शैक्षिक सामाग्री सहयोग गरेको छ । आइतबार एक कार्यक्रमका बिच एरिस्टोकि प्रबन्ध निर्देशक शान्ती अधिकारी क्षेत्री स्वयं उपस्थित भई करिबन असी हजार बराबरको पाठ्यपुस्तक विद्यालयलाई हस्तान्तरण गरेकी हुन । हस्तान्तरणपछि उनले राज्यको प्रत्यक्ष लगानी रहेको सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बढाएर राम्रो शिक्षा प्रदान गर्नुपर्ने बताईन । उनले एरिस्टो मावी जहिल्यै समाज सुधारको पक्षमा रहेको भन्दै आगामी दिनमा पनि बेहडाबाबा आधारभुत विद्यालयलाई आफ्नो विद्यालयले सक्दो सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गरिन । तीन दशकदेखि शैक्षिक गतिविधिमा सकृय एरिस्टो बोर्डिङ स्कुल गुणस्तरीय शिक्षाका कारण सुदूरपश्चिम भरी लोकप्रिय छ ।

त्यस्तै बेहडाबाबालाई दरबार स्कुलले पनि शैक्षिक सामाग्री सहयोग गरेको छ । दरबार स्कुलका प्रीन्सिपल पृथ्वी शाहले परिस्थितिले आफुले निजि विद्यालय संचालन गरिरहेको भएपनी मनभने सामुदायिक विद्यालयमै रहेको बताए । उनले एउटा शिक्षकको वर्षभरीको तलब दरबार स्कुलले बेहोर्ने समेत प्रतिबद्धता व्यक्त गरे। 
बेहडाबाबामा कक्षा १ देखि ५ सम्म अंग्रेजी माध्यमबाट पढाइ हुँदै आएको छ । विद्यालयमा अहिले दुईसय बढी विद्यार्थी अध्ययनरत रहेको प्रधानाध्यापक निर्मला चौधरीले बताईन । भौतिक पुर्वाधार जिर्ण रहेको बेहडाबाबालाई यस्तै मनकारी व्यक्तिहरुको खाँचो रहेको प्रधानाध्यापक चौधरी बताउँछन् । अघिल्लो वर्ष धनगढी उपमहानगरपालिकाले विद्यालय मर्ज गर्न खोज्दा स्थानीयले आफ्ना नानिबाबुलाई पठनपाठनमा समस्या हुने र टाढा जान नसक्ने भन्दै मर्ज गर्न नदिएको विद्यालका संस्थापक सदस्य कालुसिंह धामीले बताए । 

त्यस्तै विद्यालय व्यवस्थापन समिति सदस्य राम भट्टले भने एकातिर बोर्डिङ स्कुलको प्रतिस्पर्धा अर्कोतिर नगरपालिकाको विद्यालय मर्ज गर्ने अभियानले बेहडाबाबा विद्यालयको नाम निसाना मेटिन खोजिएको थियो तर हामीले यो हुन दिएनौं ,हामीले समुदायका बौद्धिक व्यक्तिहरुसँग बसेर विद्यालयलाई जसरी पनि संचालन गर्ने सल्लाह भयो अहिले सबैले आफ्ना नानिबाबु भर्ना गर्नुभो अब गुणस्तरीय शिक्षामा जोड दिन्छौं ।