Close This

धनगढीबाट एक ट्रक भन्सारा छलिका सामानसहित भारतीय नागरिक पक्राउ

मंगलबार बैशाख १८, २०८१/ Tuesday 04-30-24
Paschim Today

धनगढी,१८ वैशाख । कैलालीको धनगढीबाट एक ट्रक भन्सारा छलि ल्याएको तस्करीको सामान सहित एक भारतीय नागरिक पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–४ मा रहेको हरि ओम हार्डबेयरका संञ्चालक रहेका भारतको लखिमपुर पलिया कला खिरीका ४४ वर्षीय आशिष गुप्ता पक्राउ परेका हुन।

उनलाई भारतीय युपि ३१ टी ७७११ नम्बरको ट्रक सहित भारतबाट भन्सार छलि ल्याएका चोरी पैठारीका सामान सहित पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ। उनलाई आइतवार साँझ जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलिले पक्राउ गरेको हो।

ट्रकमा लोड गरिरहेका मिक्चर मेसिन, डिस्क डल सात सेट,कल्टीभेट,पम्पीङ टायर, अटो रीक्साका टायर,फट्टा पाइप गरि ४० लाख चार हजार बराबरको सामान बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद गरेको सामानर र ट्रक सहित मानिसलाई आवश्यक कारबाहीको लागि कैलाली भन्सार कार्यालय त्रिनगरमा बुझाएको छ।