Close This

मिस्टर एन्ड मिस नेशनलको फाइनलमा पुगिन् धनगढीकी संस्कृति, उपाधिका लागि भोट गरिदिन अपिल

मंगलबार बैशाख १८, २०८१/ Tuesday 04-30-24
Paschim Today

 धनगढी । मिस्टर एन्ड मिस नेशनल नेपाल २०२४ की प्रतिस्पर्धी सुदूरपश्चिमकी संस्कृति भट्ट फाइनलमा प्रवेश गरेकी छन् । प्रतियोगितामा प्रतियोगी नम्बर ९ का रूपमा रहेकी भट्ट उपाधिका लागि अन्तिम चरणमा प्रवेश गरेका हुन् । फाइनलिस्टमा चयन भएपछि खुसी व्यक्त गर्दे आफूलाई हौसला दिने सबैलाई धन्यवाद दिएका छन् । उपाधिका लागि भोटिङ सुरु भइसकेकाले सम्पूर्ण सुदुरपश्चिमेलीहरुलाई भोट गरी दिन समेत अपिल गरेकी छन् 

‘भोटिङ सुरु भइसकेको छ । त्यसैले तपाईँहरूको सहयोगको अपेक्षा राखेको छु । प्रतियोगिता जिते खण्डमा पनि मेरो पहिलो प्राथमिकताका रुपमा समाज सेवालाई नै निरन्तरता दिने छु । मलाई सुरक्षित गर्न मलाई सबैले भोट गरिदिनु हुनेछ भन्ने विश्वास गरेको छु’ उनले भनिन्। भोली काठमाडौँमा उपाधि भिडन्त हुँदै छ । 

भट्ट अहिले वि.एस.सी नर्सिङ तेस्रो वर्षमा अध्ययनरत छिन । 

कसरी गर्ने भोट ?

 १)खल्ती एप्लिकेशन डाउनलोड गर्नुहोस् ।

 २) मतदान विकल्पहरूमा जानुहोस् ।

 ३) मिस नेशनल नेपाल २०२४ चयन गर्नुहोस् । 

४) प्रतियोगी सङ्ख्या ९ (संस्कृति भट्ट) चयन गर्नुहोस् ।

 ५।)विकल्प चयन गरेर वा म्यानुअल नम्बर प्रविष्ट गरेर आफ्नो मत गर्नुहोस् ।