लागूऔषधसहित धनगढीका एक युवक पक्राउ

बुधबार बैशाख १९, २०८१/ Wednesday 05-01-24
Paschim Today

कञ्चनपुरः कञ्चनपुरबाट लागूऔषधसहित धनगढीका एक युवक पक्राउ परेका छन्। कञ्चनपुरको बेलौरी नगरपालिका-७ पौलाहबाट कैलालीकोृ धनगढी उपमहानगरपालिका-८ धनगढीगाउँ बस्ने २९ वर्षीय सुरेन्द्र श्रेष्ठ पक्राउ परेका हुन्।

श्रेष्ठलाई इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलिले १.२१ ग्राम लागूऔषधसहित नियन्त्रणमा लिएको जनाएको छ।