Close This

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

बुधबार बैशाख १९, २०८१/ Wednesday 05-01-24
Paschim Today

काठमाडौँ । मैत्रीपूर्ण टी–२० शृङ्खला अन्तर्गतको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिज ‘ए’ सँग ७६ रनले पराजित भएको छ । २ सय २८ रनको विशाल लक्ष्य पछ्याउने क्रममा नेपालले १९।२ ओभरमा सबै विकेट गुमाएर १ सय ५१ रन मात्र बनाउन सक्यो । 

जितसँगै शृङ्खलामा वेस्ट इन्डिजले २–१ को अग्रता लिएको छ । पहिलो खेल नेपालले ४ विकेटले जितेको थियो भने दोस्रो खेलमा भने घरेलु टोली १० रनले स्तब्ध बन्न पुगेको थियो । नेपालका लागि लोकेश बम र करण केसीले सर्वाधिक २८–२८ रन बनाए । त्यस्तै, कुशल मल्लले २० रन बनाउँदा विनोद भण्डारीले १९ तथा अनिल साहले १४ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २ सय २७ रन बनाएको थियो । वेस्ट इन्डिजका लागि ओपनर जोनसन चार्सले शानदार शतक बनाए । उनले ६१ बलमा ११९ रन बनाए । त्यस्तै, आन्द्रे फ्लेचरले पनि अर्धशतक बनाए । उनले ३३ बलमा ५३ रन हिर्काए । यस क्रममा उनले ४ चौका र ३ छक्का हिर्काए ।

त्यस्तै फाबियन एलनले ९ बलमा १९ रन तथा एलिक अथान्जेले १० बलमा १७ रनको योगदान दिए । नेपालका लागि करन केसी र सागर ढकालले एक–एक विकेट लिए ।

जितसँगै शृङ्खलामा वेस्ट इन्डिजले २–१ को अग्रता लिएको छ । पहिलो खेल नेपालले ४ विकेटले जितेको थियो । दोस्रो खेलमा भने घरेलु टोली १० रनले स्तब्ध बन्न पुग्यो ।