Close This

कैलालीको गौरीगंगामा अबैध काठ बरामद

बुधबार बैशाख २६, २०८१/ Wednesday 05-08-24
Paschim Today

धनगढीः कैलालीको गौरीगंगामा अबैध काठ बरामद गरिएको छ। गौरीगंगा नगरपालिका–९ बनखेतमा रहेको गौरीगंगा सामुदायिक साँझेदारी वन भित्र लुकाई राखिएको सालको गोलिया ७ थान (१०५.५१ क्युफिट) अबैध काठ मंगलवार बरामद गरिएको हो।

उक्त काठ ईलाका प्रहरी कार्यालय मसुरिया र सब–डिभिजन वन कार्यालय मसुरियाको संयुक्त टोलीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। काठलाई सब–डिभिजन वन कार्यालय मसुरियाको जिम्मा लगाएको छ।