Close This

भारतको नयाँ दिल्लीमा अपहरणमा परेकी बैतडीकी हेमन्तीको सकुशल उद्धार  

बुधबार बैशाख २६, २०८१/ Wednesday 05-08-24
Paschim Today

बैतडी–भारतको नयाँ दिल्लीबाट अपहरणमा परेकी बैतडीकी १० बर्षीया बालिका हेमन्ती चन्दको सकुशल उद्धार गरिएको छ । जिल्लाको मेलौली नगरपालिका –३ कुजागाड चिनाड घर भएकी १० बर्षीया चन्द सोमबार दिउँसो नयाँ दिल्लीको कोटला भन्ने स्थानबाट अपहरणमा परेकी थिइन् ।

मंगलबार राति १० बजे मेहरोलीको छत्रपुर मेट्रो स्टेशनबाट हेमन्तीको सकुशल उद्धार गरिएको भारतमा रहेका मेलौलीका स्थानीय भवानी भट्टले जानकारी दिए ।  पसलमा सामान किन्न गएकी हेमन्तीलाई कसैले लगेको दृश्य सीसीटीभी क्यामेरामा देखिएको थियो । सोही आधारमा खोजी गर्दा चन्दको सकुशल उद्धार गरिएको र अपहरणमा संलग्न एकजनालाई भारतीय प्रहरीले पक्राउ गरेको भट्टले जानकारी दिए । 

हेमन्तीका बुवा जनक चन्द रोजगारीको सिलसिलामा भारतको नयाँ दिल्लीमा रहेका छन् । आफ्नी हजुरआमासंगै हेमन्ती पनि घुम्नका लागि नयाँ दिल्ली पुगेका बेला अपहरणमा परेकी थिइन् । 

हेमन्ती फेला परेसंगै घरपरिवार खुसी भएका छन् । हेमन्तीको खोजीमा सहयोग गर्ने सबैलाई उनको परिवारले धन्यवाद समेत दिएको छ ।