Close This

महाकालीको बहाव घटेपछि टापुमा फसेका मजदुर फर्किए

बिहीबार बैशाख २७, २०८१/ Thursday 05-09-24
Paschim Today

कैलाली । कञ्चनपुरको महाकाली नदीमा ट्र्याक्टरसहित थुनिएका मजदुर फर्किएका छन् ।

नदीको बहाव बढेपछि नदीजन्य पदार्थ सङ्कलनका लागि गएका १४ ट्र्याक्टरसहित करिब २८/३० जना मजदुर १२ घण्टा देखी थुनिएका थिए ।

हिजो साँझ महाकाली नदीमा पानीको बहाव बढेपछि बालुवा, गिट्टी र ढुङ्गा लिन महाकाली टापु पुगेर फसेकाहरू बहाव घटेपछि घर फर्किएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेश जोशीले जानकारी दिए ।