Close This

कञ्चनपुरबाट बोइलर कुखुरासहित सामान बरामद 

शुक्रबार बैशाख २८, २०८१/ Friday 05-10-24
Paschim Today

कञ्चनपुरः कञ्चनपुरबाट बोइलर कुखुरासहित विभिन्न सामान बरामद गरिएको छ। जिल्लाको दोधारा चाँदनी नगरपालिका-१० कुतियाकभर र बेलडाँडी गाउँपालिका-३ बैवाहबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी २२ हजार २ सय मूल्य बराबरको प्लाष्टिक कुर्सि, बोईलर कुखुरा लगायतका सामान बरामद गरिएको छ।

उक्त सामान  जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको छ।