Close This

तोलामा २३ सय रुपैयाँले बढ्यो सुनको मूल्य

शुक्रबार बैशाख २८, २०८१/ Friday 05-10-24
Paschim Today

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा २३ सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन बिहीबार प्रतितोला एक लाख ३५ हजार ६ सयमा कारोबार भएको थियो । आजका लागि भने छापावाला सुन तोलामा रु एक लाख ३७ हजार ९सय बराबरको मूल्य निर्धारण भएको छ ।

त्यस्तै, तेजाबी  सुन बिहीबार प्रतितोला  एक लाख ३४ हजार ९ सय ५० मा कारोबार भएको थियो । आजका लागि भने तेजाबी सुन एक लाख ३७ हजार २५० निर्धारण भएको छ ।

यसैगरी, चाँदी भने तोलामा  ५० ले बृद्धि भएको छ । बिहिबार प्रतितोला रु एक हजार छ सय ८५ मा कारोबार भएकामा आजका लागि भने एक हजार सात सय ३५ निर्धारण भएको जनाइएको छ ।