Close This

पत्रकार उपाध्यायलाई आईकन अफ सुदूर पश्चिम अवार्ड प्रदान

शुक्रबार बैशाख २८, २०८१/ Friday 05-10-24
Paschim Today

धनगढी, २८ बैशाख ।
नेपाल युवा परिषदले पत्रकार दीर्घराज उपाध्यायलाई आईकन अफ सुदूर पश्चिम अवार्ड प्रदान गरेको छ ।

नेपाल युवा परिषदद्धारा धनगढीमा आयोजित प्रदेश युवा सम्मेलनमा पश्चिम टुडे राष्ट्रिय दैनिकका प्रधान सम्पादक उपाध्यायलाई पत्रकारिता बिधा तर्फको आईकन अफ सुदूर पश्चिम अवार्ड प्रदान गरिएको हो ।

प्रदेश युवा सम्मेलनका प्रमुख अतिथि सुदूर पश्चिम प्रदेश सभाका सभामुख भीम बहादुर भण्डारीले पत्रकार उपाध्यायलाई दोसल्ला सहित सम्मान पत्र प्रदान गरे ।

पत्रकारिताका माध्यमबाट सुदूर पश्चिमको पर्यटन क्षेत्रको विकासमा यहाँले पु¥याउनु भएको योगदानको उच्च प्रशंसा गर्दै नेपाल युवा परिषदद्धारा तपाईलाई आईकन अफ सुदूर पश्चिम अवार्डबाट सम्मान गर्न पाउदा हामी गौरवान्वित भएका छौ, आगामि दिनमा सुदूर पश्चिम प्रदेशलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन तपाईको पहलकदमी रहोस । साथै तपाई लाखौं युवाहरुको प्रेरणाको स्रोत बन्नुहुनेछ ।

बिहीवार शुरु भएको प्रदेश युवा सम्मेलन तीन दिनसम्म सञ्चालन हुनेछ । सम्मेलनको दोस्रो दिन बिभिन्न बिधामा योगदान पु¥याउने व्यक्तिहरुलाई आईकन अफ सुदूर पश्चिम अवार्डबाट सम्मान गरिएको हो ।

सम्मेलनमा सुदूर पश्चिम प्रदेशका रक्तदाताहरु मध्ये सर्बाधिक १०५ पटक रक्तदान गर्ने दीपक उपाध्याय, उद्योगी तर्फ आदित्य अग्रवाल, शिक्षा क्षेत्र तर्फ अनिता पन्त, समाजसेवा तर्फ कल्पना भट्ट, संगीत तर्फ रेखा जोशी, सूचना प्रबिधि तर्फ दिपेन्द्र जोशी लगायतलाई आईकन अफ सुदूर पश्चिम अवार्डबाट सम्मान गरिएको थियो ।

बन्यजन्तु संरक्षक एवं अनुसन्धानकर्ताका रुपमा धिरेन्द्र बहादुर चन्दलाई, महिला उद्यमशिलता तर्फ सरिता बुढामगरलाई, रैथाने एवं जैविक खेती तर्फ अभिमन्यु चौधरीलाई आईकन अफ सुदूर पश्चिम अवार्ड प्रदान गरिएको थियो ।

नेपाल युवा परिषदका अध्यक्ष सरोज बानियाले समाजका बिभिन्न क्षेत्रमा उल्लेख्य योगदान पु¥याउने व्यक्तिहरुको कामको मूल्यांकन गरेर परिषदले सम्मान गर्दै आएको बताए ।

नेपाल युवा परिषदका सुदूर पश्चिम संयोजक बसन्ती सापकोटाको अध्यक्षतामा सञ्चालित सम्मेलनका सुदूर पश्चिमका नौ जिल्लाका युवाहरुको सहभागिता रहेको छ ।