Close This

गृहमन्त्री लामिछानेलाई संसदमा बोल्न दिने कांग्रेसको निर्णय

शुक्रबार बैशाख २८, २०८१/ Friday 05-10-24
Paschim Today

काठमाण्डौ – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई संसदमा आफ्ना भनाइ राख्न दिने निर्णय गरेको छ । आज बसेको कांग्रेस संसदीय दलको बैठकले लामिछानेलाई राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति र सांसदको हैसियतले बोल्न दिने निर्णय गरेको हो ।

कांग्रेसले सहकारी मुद्दामा लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ । संसद्को बजेट अधिवेशन आजदेखि शुरु हुँदैछ । बैठकमा राजनीतिक दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ । प्रमुख दलका शीर्ष नेताहरूले सम्बोधन गरेपछि संसद् अवरोधलाई निरन्तरता दिने कांग्रेसको तयारी छ ।