Close This

कांग्रेस वर्तमान गठबन्धन भत्काउन सुरुबाटै लागेको छः नेता दाहाल

शुक्रबार बैशाख २८, २०८१/ Friday 05-10-24
Paschim Today

कामाडौँ, वैशाख २८ गते । राष्ट्रियसभामा नेकपा (एमाले) का संसदीय दलका नेता देवेन्द्र दाहालले वर्तमान गठबन्धन बनेको सुरुवाती दिनदेखि नै सरकार परिवर्तनको खेल सुरु भएको बताए । शुक्रबार बसेको राष्ट्रियसभाको बैठकमा बोल्दै उनले यस्तो बताए। उनले मुलुकमा नयाँ सत्ता गठबन्धन बनेको सुरुको दिनदेखि नै सरकार भत्काउने चलखेल सुरु भएको आरोप लगाए।

नेता दाहालले सत्तालाई टिक्नै नदिने खेलले अस्थिरता निम्त्याउने बताए । उनले नेपाली कांग्रेसले सत्ता परिवर्तनको खेलमा लागिरहेको भन्दै प्रतिशोधपूर्ण, निषेधको राजनीति र स्वार्थ केन्द्रित राजनीति नगर्न कांग्रेसलाई आग्रह गरे ।

उनले भने, ‘‘यो मुलुकमा डे वानदेखि जुन अहिले गठबन्धन बनेको छ, यो गठबन्धन भत्काउनका लागि पहल भएको छ । यसले यो सत्ता समीकरणको खेलले अस्थिरता निम्त्याउँदैन र रु सत्ता र सरकारलाई केही समय चल्न दिने होइन, पहिलो दिनदेखि नै यो सत्ता परिवर्तन गर्नेमा लागिरहेको अवस्था छ । नेपाली कांग्रेसका साथीहरुलाई आग्रह गर्दछु । प्रतिशोधपूर्ण, निषेधको राजनीति र स्वार्थ केन्द्रित राजनीति नगर्नु होला ।’’

नेता दाहालले विभिन्न १० वटा विधेयक प्रतिनिधिसभाका विभिन्न समितिमा रहेको र ती विधेयक छिटोभन्दा छिटो राष्ट्रिय सभामा फिर्ता आउनु आवश्यक रहेको बताए । सभाबाट सबै दलको सर्वसम्मतिमा पठाएको राष्ट्रिय मर्यादा सम्बन्धमा बनेको विधेयक यसै तुहाउने आशङ्का लागेको बताए । उक्त विधेयकको बारेमा अविलम्ब छलफल प्रारम्भ गर्न आग्रह गरे ।