सर्बाधिक रक्तदाता उपाध्यायलाई ‘आईकन अफ’ सुदूर पश्चिम अवार्ड प्रदान
धनगढी, २८ बैशाख ।
नेपाल युवा परिषदले सुदूर पश्चिम प्रदेशका सर्बाधिक रक्तदाता दीपक उपाध्यायलाई आईकन अफ सुदूर पश्चिम अवार्ड प्रदान गरेको छ ।
नेपाल युवा परिषदद्धारा धनगढीमा आयोजित प्रदेश युवा सम्मेलनमा सर्बाधिक रक्तदाता उपाध्यायलाई सामाजिक सेवा तर्फको आईकन अफ सुदूर पश्चिम अवार्ड प्रदान गरिएको हो ।
प्रदेश युवा सम्मेलनका प्रमुख अतिथि सुदूर पश्चिम प्रदेश सभाका सभामुख भीम बहादुर भण्डारीले सर्बाधिक रक्तदाता उपाध्यायलाई दोसल्ला सहित सम्मान पत्र प्रदान गरे ।
उपाध्यायले हालसम्म एक सय पाँच पटक रक्तदान गरेका छन् । रक्तदान गरेर मानव जीवन बचाउन महत्वपूर्ण योगदान पु¥याए वाफत उपाध्यायलाई नेपाल युवा परिषदले आईकन अफ सुदूर पश्चिम अवार्ड प्रदान गरेको हो । पत्रकारितामा समेत सक्रिय उपाध्यायलाई रक्तदान मार्फत लाखौं युवाहरुको प्रेरणाको स्रोत बन्न नेपाल युवा परिषदले कामना गरेको छ ।
बिहीवार शुरु भएको प्रदेश युवा सम्मेलन तीन दिनसम्म सञ्चालन हुनेछ । सम्मेलनको दोस्रो दिन बिभिन्न बिधामा योगदान पु¥याउने व्यक्तिहरुलाई आईकन अफ सुदूर पश्चिम अवार्डबाट सम्मान गरिएको हो ।
सम्मेलनमा पत्रकारिता बिधा तर्फ दीर्घराज उपाध्याय, उद्योगी तर्फ आदित्य अग्रवाल, शिक्षा क्षेत्र तर्फ अनिता पन्त, समाजसेवा तर्फ कल्पना भट्ट, संगीत तर्फ रेखा जोशी, सूचना प्रबिधि तर्फ दिपेन्द्र जोशी लगायतलाई आईकन अफ सुदूर पश्चिम अवार्डबाट सम्मान गरिएको थियो ।
नेपाल युवा परिषदका अध्यक्ष सरोज बानियाले समाजका बिभिन्न क्षेत्रमा उल्लेख्य योगदान पु¥याउने व्यक्तिहरुको कामको मूल्यांकन गरेर परिषदले सम्मान गर्दै आएको बताए ।
नेपाल युवा परिषदका सुदूर पश्चिम संयोजक बसन्ती सापकोटाको अध्यक्षतामा सञ्चालित सम्मेलनका सुदूर पश्चिमका नौ जिल्लाका युवाहरुको सहभागिता रहेको छ ।
तपाईको प्रतिक्रिया