Close This

युवा उद्योगी अग्रवाललाई ‘आईकन अफ’ सुदूर पश्चिम अवार्ड प्रदान

शुक्रबार बैशाख २८, २०८१/ Friday 05-10-24
Paschim Today

धनगढी, २८ बैशाख ।
नेपाल युवा परिषदले युवा उद्योगी आदित्य अग्रवाललाई आईकन अफ सुदूर पश्चिम अवार्ड प्रदान गरेको छ ।

नेपाल युवा परिषदद्धारा धनगढीमा आयोजित प्रदेश युवा सम्मेलनमा आरपी फ्लोर मिल तथा आरपी बेकरीका सञ्चालक अग्रवाललाई उद्योग तर्फको आईकन अफ सुदूर पश्चिम अवार्ड प्रदान गरिएको हो ।

प्रदेश युवा सम्मेलनका प्रमुख अतिथि सुदूर पश्चिम प्रदेश सभाका सभामुख भीम बहादुर भण्डारीले युवा उद्योगी अग्रवाललाई दोसल्ला सहित सम्मान पत्र प्रदान गरे ।

 बिहीवार शुरु भएको प्रदेश युवा सम्मेलन तीन दिनसम्म सञ्चालन हुनेछ । सम्मेलनको दोस्रो दिन बिभिन्न बिधामा योगदान पु¥याउने व्यक्तिहरुलाई आईकन अफ सुदूर पश्चिम अवार्डबाट सम्मान गरिएको हो । उद्योग मार्फत सुदूर पश्चिमको आर्थिक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै युवा उद्योगी अग्रवाललाई सम्मान गरिएको हो ।

सम्मेलनमा पत्रकारिता बिधा तर्फ दीर्घराज उपाध्याय, सामाजिक अभियन्ताका रुपमा सुदूर पश्चिम प्रदेशमा सर्बाधिक १०५ पटक रक्तदान गर्ने दीपक उपाध्याय, समाजसेवा तर्फ कल्पना भट्ट, संगीत तर्फ रेखा जोशी, सूचना प्रबिधि तर्फ दिपेन्द्र जोशी लगायतलाई आईकन अफ सुदूर पश्चिम अवार्डबाट सम्मान गरिएको थियो ।

त्यस्तै बन्यजन्तु संरक्षक एवं अनुसन्धानकर्ताका रुपमा धिरेन्द्र बहादुर चन्दलाई, महिला उद्यमशिलता तर्फ सरिता बुढामगरलाई, रैथाने एवं जैविक खेती तर्फ अभिमन्यु चौधरीलाई आईकन अफ सुदूर पश्चिम अवार्ड प्रदान गरिएको थियो ।

नेपाल युवा परिषदका अध्यक्ष सरोज बानियाले समाजका बिभिन्न क्षेत्रमा उल्लेख्य योगदान पु¥याउने व्यक्तिहरुको कामको मूल्यांकन गरेर परिषदले सम्मान गर्दै आएको बताए ।
नेपाल युवा परिषदका सुदूर पश्चिम संयोजक बसन्ती सापकोटाको अध्यक्षतामा सञ्चालित सम्मेलनका सुदूर पश्चिमका नौ जिल्लाका युवाहरुको सहभागिता रहेको छ ।