विरगञ्जमा आँखा स्वास्थ्य सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

बुधबार असार १९, २०८१/ Wednesday 07-03-24
Paschim Today

काठमाडौं- मधेस प्रदेशमा कार्यरत दृस्टि विशेषज्ञहरुकाे आयाेजना, नेपाल अप्थाल्मिक साेसाइटी, नेपाल दृस्टि विशेषज्ञ संघ, नेपाल नेत्र सहायक परिवार र बारा ,पर्सा, राैतहट जिल्लामा  अवस्थित आँखा अस्पतालहरुकाे सहयाेगमा  विरगन्जकमा  आँखा स्वास्थ्य सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ।  

असार २२ गते शनिबार  नेपाल नेशनल अव्थालमिक कन्फेरेन्स हुने  कार्यक्रम आयाेजक समितिका सचिव  वरिष्ठ  दृष्टि विशेषज्ञ वसन्त पाैडेलले जानकारी दिए।

उक्त कार्यक्रममा आँखा स्वास्थ्यकाे   क्षेत्रमा अहिलेसम्म  विश्वमा भएगरेका  उपचार विधिहरु,खाेज अनुसन्धानकाे बारेमा  नेपाल तथा  छिमेकी मुलुक भारतमा कार्यरत   विशेषज्ञ डाक्टरहरुबाट आ आफ्नाे क्षेत्रकाे  अनुभव आदान प्रदान गर्नुकाे साथै उपचारकाे क्षेत्रमा आ-आफ्नाे  क्षेत्रकाे खाेज अनुसन्धानकाे बारेमा कार्यप्रत्रहरु प्रस्तुत हुनेछ।

नेपाल तथा  छिमेकी मुलुक भारतमा हालसम्म अपनाइएकाे  आँखा राेगकाे उपचार विधिहरु, विश्वमा भैरहेका नयाँ  उपचार पध्दति,शल्यक्रिया, आँखा सम्बन्धी विभिन्न  व्यायाम, समुदायमा   गर्न सकिने आँखा सम्बन्धी जनचेतना मुलक कार्यक्रम लगाएतका विषयमा छलफल हुनेछ।

कार्यक्रमकाे सम्पुर्ण  तयारी पूरा भैसकेको र  कार्यक्रममा नेपाल तथा भारतवाट गरि  तीनसय जनाकाे उपस्थिति रहने  आयाेजक समितिका  सचिव वसन्त पाैडेलले जानकारी दिए।