कञ्चनपुरबाट लागूऔषधसहित ३ जना पक्राउ

शनिबार असार २२, २०८१/ Saturday 07-06-24
Paschim Today

कञ्चनपुरः कञ्चनपुरबाट लागूऔषधसहित ३ जना पक्राउ परेका छन्।

बझाङको खप्तडछान्ना गाउँपालिका–३ घर भई हाल कञ्चनपुरको भीमदत्त नगरपालिका-४ बसपार्कमा कोठा गरि बस्ने २८ वर्षीय सुजल खड्काको कोठाबाट भीमदत्त नगरपालिका–६ बस्ने बर्ष २९ वर्षीय गणेश बि.क. र भीमदत्त नगरपालिका–१५ का २७ वर्षीय प्रकाश भण्डारीसहित तीनै जनालाई पक्राउ गरेको जनाएको छ।

भण्डारीको साथबाट ०.०९ ग्राम र खाटमुनि फालेको अवस्थामा १.१८ ग्राम लागूऔषध (खैरो हेरोईन) फेला पारी तिनै जनालाई वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिइ थप अनुसन्धान भईरहेको जनाएको छ।  

विज्ञापन