अत्याधुनिक र वैज्ञानिक मेडिकल स्टोर हस्तान्तरण

आइतबार असार २३, २०८१/ Sunday 07-07-24
Paschim Today

पश्चिम टुडे, धनगढी २२ अषाढ । 
देशभरी नै निर्माण कार्यहरु एकदमै सुस्त गतीमा भई रहेको र निर्माण कम्पनीहरु माथी असन्तुष्टी बढि रहेको अवस्था रहेको बेला कैलालीमा एक निर्माण कम्पनीले अत्याधुनिक र वैज्ञानिक मेडिकल स्टोर १०० दिनमा निर्माण गरी सम्पुर्ण फिनिसिगंका कार्यका साथ १०० दिनमा हस्तान्तरण गरी नयाँ किर्तिमान राख्न सफल भएको छ।
सेभ द चिल्ड्रेन ईन्टरनेशनलले सुदुर पश्चिम प्रदेश सरकारका लागी गोदावरी नगरपालिका वडा नम्बर १ अनुदान सहित निर्माण गराएको गराएको उक्त भवनको निर्माण हाईटेक डेभलपर्स प्रा.लि। ले गरेको हो।  "हाम्रो कम्पनीले सरकारी कार्यहरु भन्दा पनि पनिजी क्षेत्रका स्कुल, कलेज, होटल, हस्पिटल लगायतका वेयवसायिक भवन निर्माणमा आफुलाई समर्पित गरेको छ। यस निर्माण कार्यका लागी पनि एकदमै छोटो समय रहेको भन्ने थाहा पाए पछि चुनौति स्विकार गर्न मन लागेको हो ।" कम्पनीका प्रबन्ध निर्देशक अमर घिमिरेले भने।
उनले १००-१५० दिनसम्म जस्तो सुकै निर्माण कार्य सक्ने गरी आफुहरु तयार भएकाले त्यस्तो चुनौतीपुर्ण कार्यका लागी जो कसैले आफुलाई सम्झन सक्ने जानकारी दिए।