दुर्घटनामा घाईते भएका नेपाली काँग्रेसका महामन्त्री शाहलाई थप उपचारका लागि शाहजहाँपुर लगियो

आइतबार बैशाख १४, २०८२/ Sunday 04-27-25
Paschim Today

धनगढी, १४ बैशाख ।
भारतको खिरी जिल्लाको खुटारमा दुर्घटनामा परी घाईते भएका नेपाली काँग्रेस सुदूर पश्चिमका महामन्त्री नरनारायण शाह मनु सहित तीन जनालाई थप उपचारका लागि शाहजहाँपुर लगिएको छ ।

दुर्घटनामा घाईते भएका छ जनामध्ये तीन जनालाई उपचारका लागि खुटारबाट शाहजहाँपुर लगिएको हो । तीन जनालाई धनगढी ल्याईदैछ ।

परिवारका सदस्य सहित धनगढीबाट दिल्ली जादै गरेका शाह चढेको गाडी आज बिहान भारतको खिरी जिल्लाको खुटारमा दुर्घटनामा परेको हो ।

शाह चढेको गाडी बससंग ठोकिएको थियो । बसको ठक्करबाट उनी चढेको गाडी पुरै क्षतिग्रस्त भएको छ ।

दुर्घटनापछि खुटारस्थित सरकारी अस्पतालमा भर्ना गरिएका शाह सहितका घाईतेलाई आकस्मिक उपचारपछि शाहजहाँपुर लगिएको हो । त्यहाँ पनि उपचार संभव नभएपछि लखनउ लगिने बताईएको छ । शाहको अवस्था खतरामुक्त रहेको बताईएको छ ।

दुर्घटनापछि खुटारस्थित सरकारी अस्पताल भर्ना गरिएका शाहलाई रेफर गरिएको बताईएको छ ।

बसको ठक्करबाट गाडीको अगाडिको भाग पुरै कच्याकचुक भएको छ । दुर्घटना लगत्तै घट्नास्थल पुगेका सर्वसाधारणहरुले गाडीभित्रबाट शाह सहितका घाईतेहरुलाई बाहिर निकालेका थिए । शाह नियमित स्वास्थ्य जाँचका लागि सपरिवार दिल्ली जादै थिए ।