कञ्चनपुरमा एक युवक मृत फेला
बुधबार बैशाख १७, २०८२/ Wednesday 04-30-25
Paschim Today

धनगढीः कञ्चनपुरमा एक युवक मृत फेला परेका छन। जिल्लाको लालझाडी गाउँपालिका–४ सिलकट्टी जाई शिविरका ३५ वर्षीय युवक रामरेसर राना मृत फेला परेका हुन्।
राना घर नजिकै मोटरघाट सडक छेउमै मृत फेला परेकोे प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक झलक शर्माले साइकलसहित राना मृत भेटिएका बताए।
मृतक राना परिवारले निधारमा घाउ भएकाले कसैले कुटपिट वा हत्या गरेको भन्दै निष्पक्ष छानबिनको माग अघि सारेका छन्। मङ्गलवार साँझ राना खाना खाएर घरबाट साइकल समातेर निस्किएका थिए। मृत भेटिएको स्थानमा साइकलसहित उनको माथिल्लो शरीरको कपडा थिएन।
तपाईको प्रतिक्रिया