बझाङमा छतबाट लडेर एक जना घाइते

शनिबार जेठ ११, २०८२/ Saturday 05-24-25
Paschim Today

बझाङः बझाङमा घरको छतबाट लडेर एक जना घाइते भएका छन्। घाइते हुनेमा छबिसपाथिभेरा गाउपालिका-५ थलारा बस्ने ४५ वर्षीय बिस्ने धामी रहेका छन्।

धामी आफ्नै गाउँमा हिक्कमत जाग्रीको घरको छतमा पात्थर लगाउने क्रममा आज बिहान ७ बजे छतबाट लडेर घाईते भएको प्रहरीले जनाएको छ। उनको टाउकोमा चोट लागेको छ। घाईते धामीलाई जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि धनगढी रिफर गरेको अस्पतालले जनाएको छ।