सिंहदरबारमा भेट्दै ओली, देउवा, प्रचण्ड
सोमबार जेठ २०, २०८२/ Monday 06-02-25
Paschim Today

काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताहरूबीच छलफल हुने भएको छ ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार, प्रमुख तीन दलका शीर्ष नेता केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डबीच सोमबार अपरान्ह छलफल हुन लागेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा तीन शीर्ष नेताबीच छलफल हुन लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
खासगरी संसद् बैठकमा देखिएको गतिरोध अन्त्य गर्नेबारे उनीहरूबीच छलफल हुने बताइएको छ ।
तपाईको प्रतिक्रिया