बाजुरामा हिरासतमा रहेका थुनुवाको उपचारका क्रममा मृत्यु
बिहीबार जेठ २३, २०८२/ Thursday 06-05-25
Paschim Today

बाजुरा । जिल्ला प्रहरी कार्यालय बाजुराको हिरासतमा रहेका एक थुनुवाको उपचारका क्रममा मृत्यु भएको छ । खप्तड छेडेदह गाउँपालिका–३ धनाल्तका ४२ वर्षीय जंगबहादुर रावतको उपचारको क्रममा मृत्यु भएको हो ।
प्रहरीका अनुसार रावत अभद्र व्यवहारसम्बन्धी मुद्दामा पक्राउ परेका थिए । हिरासतमा रहेका बेला स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो । पेट दुखेको गुनासो गरेपछि अस्पताल पुर्याइएका रावतको बुधबार साँझ उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
प्रहरीले घटनासम्बन्धमा आवश्यक अनुसन्धान अगाडि बढाएको जनाएको छ ।
तपाईको प्रतिक्रिया