टीपीएस अन्तर्गत रहेका नेपालीलाई ५ अगष्ट भित्र अमेरिका छोड्न गृह सुरक्षा विभागको निर्देशन

अमेरिका, ६ जुन ।
अमेरिकी गृह सुरक्षा विभाग (डिएसएस) ले नेपालका लागि दिँदै आएको अस्थायी सुरक्षा स्थिति (टीपीएस) अन्त्य गर्ने निर्णय गरेको छ ।
अमेरिकी गृह सुरक्षा विभागले बुधवार राति टीपीएस अन्त्य गर्ने अन्तिम निर्णय सार्वजनिक गरेको हो । गृह सुरक्षा विभागको यो निर्णयले अमेरिकामा रहेका सात हजार भन्दा बढि नेपाली प्रभावित हुनेछन् ।
टीपीएसको मान्यता २०२५ अगस्त ५ को राति ११ः५९ बजे औपचारिक रूपमा समाप्त हुने बुधबार सार्वजनिक गरिएको सूचनामा उल्लेख छ । टीपीएस सुबिधा प्रयोग गर्दै अमेरिकामा बसोवास गर्दै आएका नेपालीहरुलाई ६० दिनको समयसीमा दिईएको छ ।
टीपीएस अन्तर्गत अमेरिकामा बसिरहेकाहरुसंग अमेरिकामा बस्ने अन्य कानून आधार नभए स्वदेश फर्किन तयार रहन गृह सुरक्षा बिभागले सूचित गरेको छ ।
गृहमन्त्री नोएमले नेपालका वर्तमान अवस्था मूल्याङ्कन गरेपछि नेपालमा टीपीएस प्रदान गर्नुपर्ने कानूनी आधार नरहेको निष्कर्षमा पुगेकी बताएकी छन् ।
२०७२ को महाभूकम्पपछि अमेरिकाले नेपालीहरुलाई टीपीएसको सुविधा दिएको थियो । सो सुविधा अन्तर्गत अमेरिकामा सात हजार भन्दा बढि नेपाली अमेरिकामा बसोबास गर्दै आएको अनुमान छ ।
डिएचएसले अमेरिका छोड्न चाहनेहरूका लागि सीबीपी वान नामक एप प्रयोग गर्न सकिने जनाएको छ । जसबाट प्रस्थान प्रक्रिया सहज बनाउन सकिन्छ।
तपाईको प्रतिक्रिया