सुदूरपश्चिमका रावललाई बैंक सुपरीवेक्षण विभागको जिम्मेवारी

शुक्रबार जेठ २४, २०८२/ Friday 06-06-25
Paschim Today

काठमाण्डौं,
नेपाल राष्ट्र बैंकको बैंक सुपरीवेक्षण विभागको जिम्मेवारी दीर्घ रावललाई दिईएको छ ।

कैलालीको टीकापुर स्थायी घर भएका रावललाई निर्देशकबाट बढुवा भए लगत्तै  बैंक सुपरीवेक्षण विभागको जिम्मेवारी दिईएको हो ।

नियमन विभाग र मुद्रा व्यवस्थापन विभागको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिसकेका रावल पछिल्लो समय वित्तिय जानकारी ईकाईको प्रमुख थिए ।