अछाममा भरुवा बन्दुक र जंगली जनावरको छालासहित २ जना पक्राउ

शुक्रबार जेठ २४, २०८२/ Friday 06-06-25
Paschim Today

अछामः अछाममा भरुवा बन्दुक र जंगली जनावरको छालासहित २ जना पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय बगुडाठाँटी, अछामबाट खटिएको प्रहरी टोलीले मेल्लेख गाउँपालिका-२ डाँडाश्री पाटन बस्ने ६८ वर्षको मनेबहादुर धामीको घर गोठमा खानतलासी गर्दा गोरु बाध्ने गोठमा लुकाई छिपाई राखेको अवस्थामा भरुवा बन्दुक थान १, सोही बन्दुकमा प्रयोग हुने केप १ थान र सोही ठाउँ बस्ने ४९ वर्षीय लाल सिहं धामीको गोरु बाध्ने गोठमा लुकाई छिपाई राखेको अवस्थामा जंगली जनावर थारको ३ फिट ६ ईन्च लामो छाला फेला पारी दुबै जनालाई पक्राउ गरिएको हो।

उक्त हतियार र छालासहित दुवै जनालाई नियन्त्रणमा लिएको र सो सम्बन्धमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।