कैलालीमा खैरो हेरोइनसहित ६ जना पक्राउ

धनगढीः कैलालीमा खैरो हेरोइनसहित ६ जना पक्राउ परेका छन्।
कैलालीको टीकापुर नगरपालिका–९ खक्रौलाबाट लम्कीचुहा नगरपालिका–५ चौरी बस्ने २३ वर्षीय निराजन बडुवाल, लम्कीचुहा नगरपालिका–२ बस्ने २० वर्षीय सुरेश विक र लम्कीचुहा नगरपालिका–६ बस्ने २२ वर्षीय अनमोल विक पक्राउ परेका छन्। यी तीनै जना १ ग्राम २९० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ परेका हुन्।
यस्तै टीकापुर नगरपालिका–९ खक्रौला स्थित चेक पोष्टमा बर्दिया जिल्लाको राजापुर नगरपालिका–१ बस्ने १९ वर्षीय हिक्मत रावत र गेरुवा गाउँपालिका–४ बस्ने २८ वर्षीय छवि विक ९ सय मिलिग्राम खैरो हेरोइनसहित पक्राउ परेका छन्।
यसैगरी, धनगढी उपमहानगरपालिका–७ बेली स्थित सु दूरपश्चिम प्रदेश ०१–०१२ प ९१५१ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा चालक धनगढी उपमहानगरपालिका–१८ बस्ने १९ वर्षीय दिपेश बस्नेतको साथबाट १ ग्राम ६९० मिलिग्राम खैरो हेरोइन फेला पारी पक्राउ गरिएको छ।
विभिन्न स्थानबाट पक्राउ परेका यी ६ जनालाई लागूऔषध नियन्त्रण ब्युरो शाखा धनगढी र प्रहरी चौकी कालाकुण्डा, वडा प्रहरी कार्यालय धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।
तपाईको प्रतिक्रिया