खाएको विष लाग्ने हो, नखाएको विष लाग्दैन : माधव नेपाल

शुक्रबार जेठ ३१, २०८२/ Friday 06-13-25
Paschim Today

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)  का अध्यक्ष माधव नेपालले पूर्वाग्रह राखेर आफूविरुद्ध भ्रष्टाचारको मुद्दा लगाइएको बताएका छन् ।

 शुक्रबार काठमाडौँमा पार्टीको सुदूरपश्चिम प्रदेश सम्पर्क समितिले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष नेपाललले आफूले कहिल्यै घुस नखाएको दाबी गर्दै डराउनुपर्ने कुनै कारण नरहेको बताए । खाएको विष लाग्ने र नखाएको विष नलाग्ने चर्चा गर्दै उनले घुस लिएको प्रमाणित गर्न चुनौति समेत दिए ।