नेप्सेमा सामान्य सुधार

आइतबार असार १, २०८२/ Sunday 06-15-25
Paschim Today

काठमाडौं । सेयर बजारमा सामान्य सुधार देखिएको छ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.१३ अंकले बढेर २६५७.५२ विन्दुमा पुगेको छ ।

अघिल्लो कारोबार दिन अर्थात् गत साताको बिहीबार भने नेप्से ९.०८ अंकले घटेर २६५५ विन्दुमा रोकिएको थियो ।

आइतबार नेप्सेमा कुल ११ अर्ब ४४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन बिहीबार भने नेप्सेमा कुल १२ अर्ब माथिको कारोबार भएको थियो ।

आइतबार कारोबारमा आएकामध्ये ९० कम्पनीको सेयर मूल्य बढ्दा १५७ कम्पनीको घटेको छ ।

आज ग्रिन डेभलपमेन्ट बैंक, पियोर इनर्जी र छ्यांदी हाइड्रो पावरको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा अन्य दुई कम्पनीको मूल्य नौ प्रतिशत माथिले बढेको छ ।