प्रि ओपन सेसन : नेप्सेमा साढे ३ अंक बढीको गिरावट
सोमबार असार २, २०८२/ Monday 06-16-25
Paschim Today

काठमाडौं– साताको दोस्रो कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा साढे ३ अंक बढीको गिरावट भएको छ ।
सेसनमा नेप्से परिसूचक ३.६७ अंकले घटेर २६५२.१८ को विन्दुमा झरेको छ भने सेन्सेटिभ इण्डेक्स ०.७० अंकले घटेको छ ।
सेसन अवधिमा ५१ कम्पनीका २ लाख ३६ हजार ८२१ कित्ता शेयर किनबेच हुँदा १५ करोड ३६ लाख ६ हजार ३९२ रुपैयाँ ४० पैसाबराबरको कारोबार भएको छ ।
कारोबार भएका कम्पनीमध्ये २४ वटाको मूल्य बढ्दा २७ कम्पनीको मूल्य घटेको छ ।
तपाईको प्रतिक्रिया