४ सयले घट्यो सुनको मूल्य

बिहीबार असार ५, २०८२/ Thursday 06-19-25
Paschim Today

काठमाडौं । बिहीबार स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार बुधबारको तुलनामा बिहीबार सुनचाँदीको मूल्य घटेको हो ।

महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको छ । मूल्य घटेसँगै आज सुनको मूल्य प्रतितोला १ लाख ९५ हजार ५ सय रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

यसैगरी, आज चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले घटेको छ । मूल्य घटेसँगै आज चाँदी प्रतितोला २ हजार २ सय रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

आज अन्तराष्ट्रिय बजारमा भने सुनको मूल्य प्रतिऔंश ३ हजार ३७४ डलरमा किनबेच भइरहेको छ ।