विपद्को पूर्वतयारी र प्रतिकार्यका लागि उच्च सतर्क रहन मुख्यमन्त्री शाहको निर्देशन

मंगलबार असार १०, २०८२/ Tuesday 06-24-25
Paschim Today

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सूरक्षा निकायका प्रमुख तथा मातहतका निकायलाई विपद्को समयमा उच्च सतर्क रहन निर्देशन दिएका छन्।

मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको वर्षाजनित विपद् पूर्वानुमान तयारीको अवस्था र सहजीकरण सम्बन्धी बैठकमा मुख्यमन्त्री शाहले विपद्को पूर्वतयारी र प्रतिकार्यका लागि उच्च सतर्क रहन निर्देशन दिएका हुन्।

विपद्को भयाभह स्थिति आउन नदिनका वडास्तरबाटै जनप्रतिनिधीसँग समन्वय गर्न, राहत तथा उद्धारका आवश्यक सामाग्री बन्दोबस्त गर्न र साझेदार संघ संस्थाको साझेदारीमा लाग्न मुख्यमन्त्री शाहले सचिबहरुलाई निर्देशन दिए।

बैठकमा कैलाली र कञ्चनपूरका प्रमूख जिल्ला अधिकारी, प्रदेशस्थित सूरक्षा निकायमा प्रमूख र साझेदार संस्था नेपाल रेडक्रस सोसाइटी, यूएनडिपी र डब्लूएफपीका प्रतिनिधिले विपद्ले यस आर्थिक वर्षमा पारेको प्रभाव, भएको क्षति गरिएको प्रयास र अवको पूर्वतयारीको अवस्थाबारे जानकारी गराएका थिए।

बैठकमा यस वर्ष सरदर वर्षा बढी हुने र जलवायू परिवर्तनका कारण सरदर तापक्रम बढ्ने बताइएको छ। वर्षाबाट कैलाली, कञ्चनपूर, डोटी, र अछाम जिल्ला बढी प्रभावित हुने र सरदर तापक्रमबाट अछाम र बाजुरा जिल्ला बढी प्रभावित हूने प्रक्ष्येपण गरिएको विवरण प्रस्तुत गरिएको थियो।

बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा बहादुर सार्की, प्रदेश प्रमुख सचिव डा. कमल प्रसाद पोखरेल, आन्तरिक मामिला तथा कानुन मन्त्रालय सचिव, डा. बीरेन्द्र कुमार मिश्र, कैलालीका प्रमुख जिल्ला अधिकारी ई गोगन बहादुर हमाल, कन्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, नायव प्रहरी महानिरीक्षक, डम्बर बहादुर विक, साप्रनामनि प्रदीप कुमार पाल, अनुसन्धान निर्देशक नगेन्द्र प्रसाद दहाल, आन्तरिक मामिला तथा कानुन मन्त्रालय उपसचित्रब आमोद दाहाल, माहाकाली बेसीन कार्यालय, अत्तरियाका कार्यालय प्रमुख संजय कुमार शाह, प्रमूख सेनानी सूर्यकान्त घिमिरे, नेपाल रेडक्रस सोसाईटी प्रदेश अध्यक्ष दिल बहादुर बुढा, यूएनडिपी र डब्लूएफपीका प्रतिनिहरुको उपस्थिति रहेको थियो।